१९ असार २०८१, बुधबार

घरको छाना खस्दा तीनको मृत्यु


शव

जोधपुर, ३१ बैशाख । राजस्थान राज्यको जोधपुर जिल्लाको प्रिथभिपुरा क्षेत्रमा निर्माणाधीन एक भवनको छाना खस्दा सोमबार कम्तीमा तीन व्यक्तिको मृत्यु हुनको साथै एकजना घाइते भएका छन्
स्थानीय समयाअनुसार सोमबार राति ११ बजे उक्त घरको छाना खसेको थियो । सो घरभित्र चार व्यक्ति बसिरहेका थिए । उनीहरुलाई खसेको छानाले थिचेको थियो ।

सो घटनामा घाइते भएका व्यक्तिहरुलाई तत्काल अस्पताल लगिएको प्रहरीले बताएको छ । घाइतेमध्ये तीन जनाको तत्काल मृत्यु भएको र एकको अस्पतालमा उपचार भइरहेको जोधपुर जिल्ला प्रमुख प्रकाश राजपुरोहितले एएनआइलाई बताउनु भएको छ ।

यस घटनको अनुसन्धान जारी रहेको राजपुरोहितले बताउनु भएको पनि समाचारमा जनाइएको छ । (रासस/एएनआइ)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !