१९ असार २०८१, बुधबार

भिडन्तमा १२ तालिबानी मारिए


हिंसा

फराह, ३१ बैशाख । अफगानिस्तानको घाज्नी प्रान्तमा गएराति रातभर तालिबान लडाकू समूह र सुरक्षाफौजबीच भएको भिडन्तमा कम्तीमा १२ तालिबान लडाकू मारिएका छन् ।

सो झडपमा परी तीन सरकारी सुरक्षाकर्मीको पनि मृत्यु भएको छ । यसैगरी यस झडपमा परी नौ तालिबान लडाकू घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन् ।

घाज्नी प्रान्तको उत्तरी इलाकामा रहेका दुई वटा गाउँमा रहेका प्रहरी चौकीमा उक्त भिडन्त भएको थियो ।

सो आक्रमणको सुरक्षा अधिकारीले गरेको जवाफी कारबाहीमा परी १२ तालिबान लडाकू मारिएका जनाइएको छ ।

गत अप्रिलमा तालिबान लडाकू समूहले सरकारी कर्मचारी र सुरक्षा अधिकारी लक्षित भीषण आक्रमण शुरु गरेयता अफगानिस्तानका ३४ वटा प्रान्तमध्ये २५ वटामा अझै तालिबान आतङ्ककारी समूह र सुरक्षा अधिकारीबीच भिडन्त जारी छ । (रासस/सिन्हवा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !