१९ असार २०८१, बुधबार

झडपमा छ तालिबानी मारिए


शव

फराह, ३० बैशाख । अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा गएराति रातभर तालिबान लडाकू समूह र सुरक्षा अधिकारीबीच भएको झडपमा परी छ आतङ्ककारी मारिएका छन् ।

सो झडपमा परी तीन सरकारी सुरक्षा अधिकारीको मृत्यु भएको छ । यसैगरी यस झडपमा परी नौ आतङ्ककारी घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन् ।

फराह प्रान्तको प्रान्तीय शहर फराह सिटीको उत्तरी इलाकामा रहेको दुई ओटा गाउँमा रहेको प्रहरी चौकीमा उक्त झडप भएको थियो ।

सो आक्रमणको सुरक्षा अधिकारीहरुले गरेको जवाफी कारबाहीमा परी छ आतङ्ककारी मारिएका थिए ।

राजधानी काबुलबाट करिब ६ सय ९५ किलोमिटर पश्चिममा रहेको फराह प्रान्तको उक्त इलाकामा सुरक्षाबल र तालिबान लडाकूबीच भारी झडप भएको थियो ।

गत अप्रिलमा तालिबान लडाकू समूहले सरकारी व्यक्तित्व र सुरक्षा अधिकारी लक्षित भीषण आक्रमण शुरु गरेयता अफगानिस्तानको ३४ ओटा प्रान्तमध्ये २५ ओटामा अझै तालिबान आतङ्ककारी समूह र सुरक्षा अधिकारीबीच झडप जारी रहेको छ । (रासस/सिन्हवा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !