२ जेष्ठ २०८१, बुधबार

सुरक्षा कारबाहीमा ५२ लडाकू मारिए


शव

काबुल, २२ वैशाख । अफगानिस्तानमा प्रायः अशान्त भई रहने पूर्वी प्रान्त घाज्नी तालिबान लडाकूविरुद्ध सुरक्षा अधिकारीहरुले गरेको कारबाहीको क्रममा कम्तीमा ५२ लडाकू मारिएका छन् । स्थानीय दुई नेतासहित ५२ लडाकू मारिएका रक्षा मन्त्रालयले आइतबार जनाएको छ ।

“अहिले सम्मको विवरण अनुसार ५२ भन्दा बढी आतङ्कवादीहरु मारिएका छन्, अफगानी सेनाको तीन ओटा टोलीले गरेको पछिल्ला सुरक्षा कारबाहीमा उनीहरु मारिएका हुन्,” मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख छ ।

सेनाले शनिबार विहानैदेखि स्थलगत तथा हवाई कारबाही गरेको उच्च सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

मारिने स्थानीय दुई नेतामा अबु खालिद र क्युमान्दान सार्हादी रहेको पनि मन्त्रालयद्धारा जारी वक्तव्यमा जनाइएको छ अफगानिस्तानको राजधानी काबुलदेखि १२५ किलोमिटर टाढा पर्ने त्यस क्षेत्रमा सरकारी सुरक्षाकर्मी र विद्रोही लडाकूहरुका बीचमा लामो समयदेखि लडाई चल्दै आएको छ । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !