१४ आश्विन २०८१, सोमबार

जापानका नयाँ राजाको पहिलो सम्वोधन : “विश्व शान्तिका लागि संगै काम गरौँ”


Japan

टोकियो, २१ वैशाख । जापानका नयाँ राजा नारुहितोले विश्व शान्तिका लागिसँग सगै काम गर्न आह्वान गर्नुभएको छ । राजामा नियुक्त भएपछिको पहिलो सम्वोधन गर्दै शनिबार उहाँले सवै देशहरुसँग हातमा हात मिलाएर अगाडी बढ्न आफूले चाहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “म गम्भिरतापूर्वक आग्रह गर्दछु कि, विश्व शान्ति र बाँकी विकासका लागि सवै देशहरुले सहकार्य गर्नु आवश्यक छ । जापानका १२६ औँ राजा ५९ बर्षीय नारुहितो टोक्योस्थित राजदरबारको शिशाले घेरिएको बार्दलीमा देखा पर्नु भएको थियो ।

उहाँसँगै महारानी मासाकोसहित शाही परिवारका अन्य सदस्यहरु पनि देखा पर्नुभएको समाचारमा जनाइएको छ । महारानी मसाकोले पहेलो रंगको लामो कपडा लगाउनु भएको थियो भने गरगहनाहरु पनि लगाउनु भएको थियो ।

जापानका सम्राट नारुहितोले मङ्गलबार मध्यरातबाट जापानको राजगद्दी सम्हाल्नुभएको थियो । उहाँ जापानी राजतन्त्रको इतिहासमा राजगद्दी सम्हाल्ने १२६ औं राजा हुनुभएको छ ।

विदेशमा अध्ययन गर्ने पहिलो तथा जापान पराजित भएको दोस्रो विश्वयुद्धपछि जन्मिएका नारुहितोलाई मङ्गलबार मध्यरातमा “क्रिसेन्थिमम थ्रोन” नाम दिइएको विशिष्टरुपमा सजाइएको राजगद्दीमा राखिएको थियो ।

उहाँका बुबा सम्राट अकिहितोले मङ्गलबार राजगद्दी त्याग्नु भएको थियो । जापानी इतिहासमा दुई सय वर्षभन्दा बढीको अवधिमा कुनै सम्राटले स्वेच्छाले राजगद्दी त्याग गरेको यो पहिलो पटक हो ।

पूर्व राजा अकिहितो र रानी मिचिको भने सो कार्यक्रममा सहभागी हुनु भएको थिएन । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !