१३ आश्विन २०८१, आइतबार

मडुरो भाग्न तयार भएको पोम्पेओको दाबी


अमेरिकी

१८ बैशाख, कराकस । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भेनेजुएलामा विपक्षी नेता हुवा ग्वाइदोले विद्रोहको आह्वान गरेपछि राष्ट्रपति निकोलस मडुरो क्युबा निवासनमा जान तयार भएको दाबी गर्नु भएको छ । तर मडुरोले भने पोम्पेओको यो दाबी झुठो भएको भन्दै खण्डन गर्नु भएको छ ।

पोम्पेओले सीएनएनलाई दिनु भएको एक अन्तर्वार्ता विमानस्थलमा मडुरोलाई लैजान विमान तयारी हालतमा राखिएको दाबी गर्नु भएको थियो । तर रुसले मडुरोलाई देश नछाड्न दबाव दिएको पोम्पेओले बताउनु भएको थियो । पोपेम्ओको यो भनाइ एक जोक मात्र भएको मडुरोको भनाई रहेको छ ।

विपक्षी नेता ग्वाइदोको आह्वानमा भेनेजुएलाका विभिन्न शहरमा हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएर प्रदर्शन जारी राखेका बताइएको छ ।

मडुरोको पक्षमा रुस, चीन र क्युबाजस्ता देश रहेका छन् भने, ग्वाइदोलाई अमेरिका, थुप्रै युरोपेली देश र छिमेकी ल्याटिन एवम् दक्षिण अमेरिकी देशसहित दर्जनौँ राष्ट्रले मान्यता दिएका छन् ।

विपक्षी नेता ग्वाइदोले गत जनवरीमा संविधानको रक्षार्थ भन्दै आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गर्नु भएको थियो । उहाँको सो घोषणालाई मडुरो अस्वीकार गर्नु भएको छ ।

मडुरो र ग्वाइदो दुवैले आफूलाई देशको संवैधानिक राष्ट्रपति दाबी गर्दै आउनु भएपछि ल्याटिन अमेरिकी देश राजनीतिक र आर्थिक सङ्कटको भुमरीमा परेको छ ।

क्युबाले ट्रम्पको चेतावनीलाई अस्विकार गर्ने
यसैबीच क्युबाका राष्ट्रपति मिगेल डायाज कनेल अमेरिकाको चेतावनीलाई वास्ता नगरी भेनेजुएला सरकारको समर्थन गर्ने बताउनु भएको छ ।

भेनेजुएलाको समर्थन गरेमा क्युबामा अझै बढी प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको बावजूट पनि भेनेजुएलाको समर्थन गर्ने क्युबाले बताएको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोको सरकारले भेनेजुएलाको कानूनी सरकार भएको क्युबाका राष्ट्रपतिले बताउनु भएको छ । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !