१४ आश्विन २०८१, सोमबार

इन्डोनेसियामा आएको बाढी र पहिरोमा ३१ को मृत्यु


indonesia-1 (1)

जाकार्ता , १६ बैशाख (रासस ÷सिन्ह्वा) ःइन्डोनेसियाको पश्चिमी प्रान्त बेङकुलु र राजधानी जाकार्तामा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या सोमबारसम्म ३१ पुगेको छ ।

यस प्रकोपमा परी १३ व्यक्ति अझै बेपत्ता रहेका प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले जानकारी दिएका छन् । यस बाढी र पहिरोको कारण केही विद्यालयलगायत १ सय ८४ ओटा भवनहरु ध्वस्त भएपछि १२ हजार भन्दा बढी व्यक्ति विस्थापित भई शरणार्थी स्थलमा पुगेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यसैगरी सडक पुललगायतका अन्य ४० ओटा संरचनाहरु सो प्रकोपको कारण ध्वस्त भएको बताइएको छ ।

इन्डोनेसियामा बाढीे र पहिरो जस्ता प्राकृतिक प्रकोप बारम्बार सतारहेको पाइन्छ । बाढीलगायतका प्राकृतिक प्रकोपमा परी इन्डोनेसियामा बर्षेनी हजारौँ व्यक्तिको मृत्यु हुने गरेको जनाइएको छ ।

––––


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !