१४ आश्विन २०८१, सोमबार

भारतमा लोकसभाका उम्मेदवार नै पक्राउ


पक्राउ

९ बैशाख, पिपिली, उडिसा । भारतमा विभिन्न चरणमा भइरहेको लोकसभा निर्वाचनमा उम्मेदवार रहेका एक जना आकाङ्क्षीलाई प्रहरीले पक्राउ गरेको छ ।

विजु जनता दल (विजेडी) का तर्फबाट पिपिली निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनुभएका प्रदीप महारथीलाई प्रहरीले पक्राउ गरेको हो । निर्वाचनमा पैसा र बल प्रयोग गन खोजेको आरोपमा उहाँलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।

उडिसा प्रदेशको २१ निर्वाचन क्षेत्रबाट निर्वाचित हुने १४७ सदस्यका लागि चार चरणमा मतदान हुन लागेको छ । यसअघि पहिलो चरणको मतदान यही अप्रिल ११ तारिखका दिन र दोस्रो चरणको मतदान अप्रिल १८ तारिखका दिन भएको थियो भने तेस्रो र चौथो चरणको मतदान यही अप्रिल २३ र २९ मा हुने भएको छ ।

भारतमा आउँदो मे १९ सम्ममा देशभरी नै मतदान सम्पन्न गरेर मे २३ मा नतिजा सार्वजनिक गर्ने निर्वाचन तालिका रहेको छ । (रासस/एएनआई)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !