१२ मंसिर २०८१, बुधबार

पेरूका ४३ प्रतिशत बालबालिकामा कुपोषण समस्या


Peru

२० असोज, लिमा । ल्याटिन अमेरिकाको खाद्यान्नका लागि धनी मानिने मुलुक पेरूका बालबालिका तथा गर्भवती महिलामा कुपोषणको समस्या खतरनाक अवस्थामा रहेको देखिएको छ ।

तीन बर्ष मूनिका हरेक पाँच बालबालिकामध्ये दुई जनामा कुपोषणको समस्या रहेको सर्भेक्षणले देखाएको छ । सर्भेक्षण अनुसार ४३.६ प्रतिशत बालबालिकामा कमसल खानाका कारण कुपोषण हुने र जसका कारण रक्तअल्पता (एनेमिया)को समस्या रहेको पेरुको तथ्याङ्कमामिला हेर्ने निकायले जनाएको छ ।

सर्भेक्षण अनुसार यहाँका ३० प्रतिशत गर्भवती महिलामा रक्त अल्पताको समस्या रहेको छ । यसको कारक तत्व भनेको उक्त अवस्थामा माछा मासुको आहारको आवश्यक परिपूर्ति नभएका कारण रगतमा आइरनको तत्वको कमी भएको अध्ययनले देखाएको छ ।

पछिल्लो एक दशक यता पेरुको आर्थिक वृद्धिदर उच्च रहेको भएपनि खाद्यान्नका कारण कुपोषणको समस्याको दर सन् २०११ पछि निरन्तर रहेको बताइएको छ ।

यसैबीच सरकारद्वारा एनेमियाको कमीलाई घटाउने अभियानस्वरूप राष्ट्रिय अभियान शुरु गरेको छ । शनिबार शुरु भएको अभियानको उद्घाटन गर्दै पेरुका राष्ट्रपति मार्टिन भिजकाराले एनेमियाको समस्यालाई न्युनिकरण गर्नु सरकार र पूरै पेरूबासीको प्राथमिकता भएको बताउनुभयो ।

े बालबालिकाको कुपोषणको समस्यालाई आगामी तीन बर्षमा १९ प्रतिशतमा झार्ने लक्ष्य भएको राष्ट्रपतिले सम्बोधनमा बताउनुभयो । उहाँले अभियानले हरेक पेरूबासीले सघाउने विश्वास पनि व्यक्त गर्नुभयो ।

खाद्यान्न परिकार तथा पूरातात्विक चमत्कारका कारण हरेक बर्ष ४५ लाख विदेशी पर्यटकलाई भित्राउने पेरुमा कुपोषणको समस्या हुनु विडम्वनाको कुरा भएको छ ।

विश्वकै ५० उत्कृष्ट रेष्टुरेण्टको सूचिमा पेरुको लिमामा रहेका दुई रेष्टुरेण्ट एल सेन्ट्रल र एल माइडो उत्कृष्ट दशभित्र परेका भएपनि यहाँका जनतामा कुपोषणको समस्या देखिएको सर्भेक्षणले देखाएको छ । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !