१७ असार २०८१, सोमबार

भारतीय सैनिक विमान दुर्घटनाबाट बच्यो


indian airforce

१९ असोज, नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार विहान एक सैनिक विमान दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा मानवीय क्षति नभएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । सो विमानमा रहेका दुई जना चालकको भने सकुशल विमानबाट बाहिर निस्किेका छन् ।

उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउबाट ५८५ किलोमिटर उत्तरपश्चिममा रहेको बाघपात जिल्लास्थित उखुबारीमा सो विमान दुर्घटनाग्रस्त भएपछि चालकहरु बाहिर निस्किेका थिए । उक्त विमानमा दुई चालक मात्र थिए ।

भारतीय वायु सेवा निगमको दुई सिटमात्र भएको यो विमान शुक्रबार विहान सबेरै दुर्घटनाग्रस्त भएको थियो ।(रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !