९ असार २०८१, आइतबार

अफगानिस्तानमा छ सैनिकको उद्धार


Afgan

९ असोज, काबुल । अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकमा तालिबान आतङ्ककारीको कब्जामा रहेका छ अफगान सैनिकको उद्धार गरिएको एक स्थानीय समाचारपत्रले जानकारी दिएको छ ।

वार्दाक प्रान्तको जघाटो जिल्लामा अफगान विशेषबलले ती छ सैनिकलाई सोमबार उद्धार गरेको थिए । तालिबानको निगरानीमा रहेका छ सैनिक अफगान विशेषबलले उद्धार गरेको यहाँको स्थानीय पत्रिका टाइम्सले जानकारी दिएको छ ।

कब्जामा लिइएका ती सैनिकहरुलाई तालिबानहरुले मृत्युदण्डसमेत दिन लागेको सो समाचारपत्रमा थप जानकारी दिएको छ ।

अफगान बिशेष सुरक्षाबलको यस कारबाहीमा तालिबान आतङ्ककारी समूहको ११ जना सदस्य मारिएका छन् । तर सरकारी सुरक्षाबलतर्फ भने कुनै हताहत नभएको बताइएको छ ।  (रासस/सिन्हवा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !