१४ असार २०८१, शुक्रबार

माल्दीभ्समा राष्ट्रपतिका लागि मतदान सुरु


maldives-election-810x368

७ असोज, माले । माल्दीभ्समा राष्ट्रपति चयनका लागि आइतबार बिहानैदेखि देशव्यापी मतदान शुरु भएको छ । मतदानका लागि हजारौं मतदाता बिहानैदेखि विभिन्न मतदान केन्द्रहरुमा उत्साहजनक रुपमा लामबद्ध देखिएको माल्दीभ्सको निर्वाचन आयोगले जनाएको छ ।

माल्दीभ्समा यस पटक दुई लाख ६२ हजार १३५ जना मतदाता रहेका छन् । द्वीप समूहले बनेको माल्दीभ्समा चुनावका लागि देशभर ४७२ वटा मतदान केन्द्र रहेका छन् ।

मतदानको प्रारम्भिक नतिजा सोमबार बिहान प्राप्त हुने र असोज १४ गतेसम्ममा अन्तिम परिणाम घोषणा हुने स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

विवादको घेरामा रहेको यस पटकको राष्ट्रपतीय चुनावमा मतदानको पूर्वसन्ध्यामा विपक्षी दलको प्रचार कार्यालयमा प्रहरीले छापा मारेको बताइएको छ ।

राष्ट्रपति अब्दुल्ला यामीन र उहाँका प्रतिस्पर्धी इब्राहिम मोहमद सोलिहले राजधानी मालेमा मतदान गर्ने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !