१२ आश्विन २०८१, शनिबार

भियतनामका राष्ट्रपति ट्रान दाई क्वाङको निधन


FILES-VIETNAM-RUSSIA-DIPLOMACY

५ असोज, हनोई ।  भियतनामका राष्ट्रपति ट्रान दाइ क्वाङको ६१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।
लामो समयदेखि गम्भीर रोगबाट प्रभावित क्वाङको उपचारकै क्रममा निधन भएको सरकारद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ । स्थानीय समयाअनुसार शुक्रबार बिहान १० बजेर ५ मिनेट जाँदा उहाँको निधन भएको छ ।

उहाँले सन् २०१६ देखि राष्ट्रपतिको कार्यभार सम्हाल्नु भएको थियो । यसअघि उहाँले चार दशकभन्दा बढी गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

आलङ्कारिक राष्ट्रपतिका रुपमा रहेपनि उहाँले भियतनामका प्रभावशाली नेताको छवि बनाउनुभएको थियो । गत साता आफ्नो कमजोर स्वास्थ्यका बीचमा पनि राष्ट्रपति ट्रानले इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोको स्वागत कार्यक्रमको आतिथ्य गर्नुभएको थियो ।

हनोईमा चिनियाँ राजनीतिज्ञ र विदेशी प्रतिनिधिमण्डलसँग उहाँले सार्वजनिक रुपमा दुई दिन अगाडिमात्र भेटवार्ता गर्नु भएको थियो ।
कम्युनिस्ट पार्टीको पोलिटब्युरो सदस्य समेत रहनुभएका राष्ट्रपति ट्रानको पार्टीभित्र गहिरो प्रभाव रहेको छ ।  (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !