१४ असार २०८१, शुक्रबार

पुटिनका आलोचक विपक्षी दलका नेतालाई जेल सजाय


Navalni

१२ भदौ, काठमाडौं । रुसको एउटा अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक एलेक्सै नाभाल्नीलाई जेल सजायको फैसला गरेको छ ।  विपक्षी दलका नेता समेत रहेका नाभाल्नीलाई अदालतले सोमबार ३० दिन जेल सजाय दिने फैसला गरेको हो ।

यसै बर्षको सुरुमा उनको नेतृत्वमा भएको प्रदर्शन गैरकानूनी भएको ठहर गर्दै अदालतले जेल सजाय तोकेको समाचारमा जनाइएको छ ।

नाभाल्नीको नेतृत्वमा आयोजना गरिएको अर्को राजनीतिक र्याली हुन लागेको अघिल्लो दिन अदालतले यस्तो फैसला सुनाएको हो ।

टीभेर्सको जिल्ला अदालतका न्यायाधीश एलेक्सै स्टेक्लीयभले नाभाल्नीबाट पटक पटक रुसको कानूनको उलङ्घन भएकाले जेल सजाय दिनु परेको बताए ।

नाभाल्नीलाई शनिबार बेलुका नै मस्कोमा रहेको नाभाल्नीको घर बाहिरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !