२६ पुस २०८१, शुक्रबार

आयरल्याण्ड चर्च प्रकरण : पोपद्वारा भगवानसँग क्षमा याचना


pop_francis

११ भदौ, नक, आयरल्याण्ड । आयरल्याण्डको चर्चमा भएका अवाञ्छित क्रियाकलापलाई लिएर पोप फ्रान्सिसले आइतबार भगवानसँग क्षमा याचनासहित माफी माग्नुभएको छ ।

क्याथोलिक चर्चमा भएका गतिविधिबारे आफ्नो दुई दिने भ्रमणको अन्तिम दिन पोपले भन्नुभयो, “चर्चमा भएका अवाञ्छित गतिविधिका कारण बनेका ‘खुला चोट’ले आफू दुखित बनेको र यसलाई सत्यमा आधारित रहेर न्याय दिन आवश्यक ‘कडा तथा निर्णायक’ उपायहरूको खोजी गरिने छ ।”

पश्चिमी आएरल्याण्डको नक स्राइन चर्चमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “म चर्चमा भएका घटनाप्रति भगवान्सँग क्षमा याचना गर्छु ।” (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !