२६ पुस २०८१, शुक्रबार

मुसलमान महिलाद्वारा भारतीय प्रधानमन्त्रीलाई ‘राखी’ उपहार


Rakhi PM indian

१० भदौ, वाराणासी, भारत । मुसलमान महिला फाउण्डेसन (एमडब्लुएफ) का सदस्यहरूले आइतबार परेको रक्षा बन्धनका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘राखी’ उपहार पठाउने भएका छन् ।

उनीहरूले प्रधानमन्त्रीलाई सबैभन्दा ठूलो दाजु तथा बाबुको रूपमा सम्मान गर्दै सन् २०१३ देखि शुरु गरेको संस्कारलाई निरन्तरता दिँदै यस बर्ष पनि राखी उपहार पठाउने भएका हुन् ।

मुसलमान महिला फाउण्डेसनकी सदस्य नाजिमा अन्सारीले भन्नुभयो, “बनारसमा बसोबास गर्ने हाम्रो फाउण्डेसनमा आवद्ध मुसलमान महिलाहरूले पहिलोपटक सन् २०१३ मा प्रधानमन्त्री मोदीलाई राखी पठाएका थियौँ । त्यसपछि यसलाई निरन्तरता दिँदै आएका छौँ ।”

फाउण्डेसनमा आवद्ध महिलाहरूल भन,े “उहाँ (प्रधानमन्त्री नरेन्द्र मोदीजी)लाई आफ्नो ठूलो दाजु तथा पिताजस्तै संरक्षकका रूपमा सम्मान गर्छौँ । हरेक बर्षजस्तै यसबर्ष पनि उहाँलाई राखी पठाइने छ । हामीलाई विश्वास छ उहाँले हामीलाई निरन्तर संरक्षकत्व दिइरहनुहुनेछ र आवश्यकता परेको समय सहयोग गर्नुहुनेछ ।”

अन्सारीको भनाइलाई पछ्याउँदै फाउण्डेसनकी अर्की सदस्य शबाना फतिमाले भन्नुभयो, “हामीले हाम्रो घर र समाजमा भोग्नुपरेको अत्याचारविरुद्ध प्रधानमन्त्री मोदीको सहयोग खोजेका छौँ । हामी आशा गर्छौँ उहाँले हामीलाई त्रिपल तलाकजस्ता कुप्रथाबाट मुक्ति दिलाउनुहुनेछ ।” (रासस/एएनआई)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !