२६ पुस २०८१, शुक्रबार

हरेक भारतीयको आफ्नो घर बनाउने मोदीको सपना


Narendra-modi-m

८ भदौ, गुजरात, भारत ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हरेक भारतीय नागरिकलाई आफ्नै घरको सुनिश्चतता गराउने आफ्नो सपना रहेको बताउनुभएको छ ।
उहाँले आगामी सन् २०२२ सम्ममा सवै नागरिकको आफ्नै घर हुने बिहीबार आयोजित एक कार्यक्रममा बताउनुभयो ।
प्रधानमन्त्री आवास योजनाबाट लाभान्वितहरुलाई प्रमाणपत्र वितरण गर्न गुजरातमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री मोदीले यस्तो बताउनु भएको हो ।
उहाँले यो मेरो सपना भएकाले सन् २०२२ सम्ममा हरेक नागरिकलाई आफ्नै घरको व्यवस्था गराउनका लागि आफुले प्रयास गरिरहेको जानकारी दिनुभयो ।
उहाँले थप्नुभयो, “हामीले अहिले सम्म राजनीतिक नेताहरुले मात्रै सरकारी घर पाएको सुनेका छौँ, तर अव चाडै नै गरिव जनताले पनि सरकारबाट आफ्नै घर पाएको सुन्न पाउनुहुनेछ ।”
उहाँले प्रधानमन्त्री आवास योजना अन्तर्गत निकै राम्रा घर बन्न सम्भव भएको र त्यसमा कुनै मध्यम बर्गीय नागरिक नरहेको बताउनुभयो ।
भारतको महत्वपूर्ण चाड रक्षा बन्धनको पुर्वसन्ध्यामा प्रधानमन्त्री मोदी मार्फत् गुजरातका गरिब बर्गका महिलाहरुलाई घर हस्तान्तरण गरिएको हो । (रासस/एएनआई)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !