१२ आश्विन २०८१, शनिबार

अरुण जेट्ली काममा फर्किए


Arun Jatle

७ भदौ, नयाँदिल्ली। भारतका राष्ट्रपति रामनाथ कोविन्दले सांसद अरुण जेट्लीलाई अर्थ मन्त्रालय एवं सार्वजनिक संस्थान मन्त्रालयको कार्यभार सम्हाल्न तोक्नुभएको छ ।
अरुण जेट्लीको मृगौला प्रत्यारोपण शल्यक्रियाका कारण विगत चार महिनादेखि रेलमन्त्री पियूष गोयलले अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दै आउनुभएको थियो । पैंसठ्ठी वर्षीय जेट्लीको गत मे १४ तारिखमा भारतीय आयुर्विज्ञान संस्थानमा मृगौला प्रत्यारोपण गरिएको थियो ।

भारतीय प्रधानमन्त्रीको मन्त्रिमण्डलमा वरिष्ठ मन्त्री समेत रहनुभएका जेट्ली प्रखर वकील पनि हुनुहुन्छ ।  (रासस/एएनआई)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !