११ मंसिर २०८१, मंगलबार

भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको निधन


ATAL-BIHARI-BAJPEYI-1

१ भदौ, नयाँ दिल्ली, भारत । भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार पाँच बजेर ५ मिनेट जाँदा निधन भएको छ । उहाँ ९३ बर्षको हुनुहुन्थ्यो ।

अल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उहाँको “लाईफ सपोर्ट सिष्टम” मा राखेर विषेश उपचार प्रयास गरिएपनि उहाँलाई बचाउन सम्भव भएन ।

एम्सले पत्रकार सम्मेलनमार्फत भनेको छ, “उहाँलाई वचाउनका लागि एम्सका चिकित्सकको विशेष पहल सार्थक हुन सकेन । उहाँको साँझ ५ बजेर ५ मिनेटको समयमा निधन भएको छ ।”

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्वीटर पेजमा पूर्व प्रधानमन्त्री वाजपेयीजी को निधनले आफूलाई ठूलो दुःख लागेको उल्लेख गर्नुभएको छ ।

भारतीय जनता पार्टीका एकजना संस्थापक नेता वाजपेयी विभिन्न समयमा तीन पटक देशको कार्यकारी प्रमुख बन्नुभएको थियो ।

उहाँको एम्समा उपचार भएको थियो । त्यहाँ उहाँको स्वास्थ्य अवस्था खस्केपछि जीवनरक्षा प्रणालीमा राखिएको थियो ।
मधुमेहका बिरामी वाजपेयीको गत जुन ११ तारिखदेखि अस्पतालमा भर्ना गरिएको थियो । उहाँको मिर्गौलाको सङ्क्रमणलगायत विभिन्न स्वास्थ्य समस्या पनि देखिएको थियो ।  (रासस/एएनआई)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !