११ आश्विन २०८१, शुक्रबार

क्रिकेटः श्रीलंकाले पहिलो ब्याटिङ रोज्यो


SL-vs-SA

१६ साउन, दाम्बुल्ला, श्रीलंका । श्रीलंका र दक्षिण अफ्रिकाबीचको दोस्रो एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज श्रीलंकाको दाम्बुल्लामा हुन लागेको खेलमा श्रीलंकाले टस जिती पहिले ब्याटिङ रोजेको छ ।

पाँच खेलको यस प्रतियोगिता अन्तर्गत आइतबार भएको पहिलो खेलमा आयोजक श्रीलंका पराजित भएको थियो । आजको खेलमा श्रीलंकाले दुई खेलाडी परिवर्तन गरेको छ ।

घाइते भएका लाहिरु कुमारा र लक्षन सन्दकनका स्थानमा तीव्र बलर कसुन रजिथा र बायाँहाते स्पिनर प्रबाथ जयसुरिया खेल्नेछन् । उनीहरु दुवै पहिलो एक दिवसीय खेल खेल्न लागेका हुन् ।

फाफ डू प्लेसिसको कप्तानीमा रहेको दक्षिण अफ्रिकी टीममा कुनै परिवर्तन गरिएको छैन ।

टेस्टः इङल्यान्डले पहिलो ब्याटिङ रोज्यो
भारत र इङल्यान्डबीच आजदेखि इङल्यान्डको बर्मिङघममा हुन लागेको पहिलो टेस्ट क्रिकेट म्याचमा इङल्यान्डले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !