१२ असार २०८१, बुधबार

सेरेनाको लज्जास्पद हार


San Jose Tennis

१६ साउन, लस एन्जेलस ।  तेइस पटक ग्रान्डस्लाम उपाधि जितिसकेकी लन टेनिस खेलाडी सेरेना विलियम्सले डब्लुटिए सान जोसे प्रतियोगिताको पहिलो राउन्डमै नराम्रो हार व्यहोरेकी छन् । उनी जोहाना कोन्टेसँग ६–१, ६–० ले पराजित भएकी हुन् ।

खेल हेर्न ठूलो संख्यामा दर्शकहरु रङ्गशालामा उपस्थित भएका थिए, तर ५२ मिनेटमै खेल सकिएपछि दर्शकहरु निराश भएका थिए ।

यति छोटो समयमा यसअघि सेरेना सिंगापुरमा भएको सन् २०१४ को डब्लुटिए फाइनलमा हारेकी थिइन् । उक्त खेलमा सिमोना हालेपसँग सेरेना ६–०, ६–२ को सोझो सेटमा पराजित भएकी थिइन् । पहिलो राउन्डको अर्को एक खेलमा चीनकी सातौं वरियताकी झाङ शुईलाई बेलारुसकी भेरा लाप्कोले ७–६(२), ६–० सेटमा पराजित गरिन् । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !