१५ असार २०८१, शनिबार

सत्ताधारी दलले अत्यधिक सिट प्राप्त गरेको दावी


Cambodia

१४ साउन, नोमपेन, कम्बोडिया । कम्बोडियाका शक्तिशाली नेता हुन सेनले नेतृत्व गरेको सत्ताधारी दलले भारी सिट सङ्ख्याका साथ विजयी बनेको दावी आइतबार गरेको छ ।
कम्वोडियन पिपुल्स पार्टीका प्रवक्ता सोक इयसानले एएफपीसँग भन्नुभयो, हामीले जम्मा १२५ सदस्य सङ्ख्यामध्ये १०० सीट जित्ने लगभग पक्का भएको छ । यो हाम्रो लागि ठूलो विजय हो ।

आलोचकहरूले भने निर्वाचनलाई मतदानको ‘देखावटी’ रूप मात्र भएको बताएका छन् । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !