१२ असार २०८१, बुधबार

आत्मघाती हमलामा मृत्यु हुनेको संख्या १५० नाघ्यो


siria attack

१० साउन, बेरुत ।  सिरियाको दक्षिणी क्षेत्रमा बुधबार भएको आत्मघाती हमलामा परी मृत्यु हुनेहरूको संख्या १५० नाघेको छ ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले दिएको जानकारीअनुसार दक्षिणी स्वेदा प्रान्तमा भएको घटनामा परी मृत्यु हुनेको संख्या बढेको हो । घटनाका बारेमा इस्लामिक स्टेट (आईएस) ले जिम्मेबारी लिएको छ ।

आक्रमणकारीहरूले तीन वटा आत्मघाती आक्रमणको योजना बनाएको अनुगमनकर्ताहरूले बताएका छन् ।

उनीहरूका अनुसार ती आत्मघाती हमलाहरूमा परी १५६ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ६२ जना आम नागरिक रहेका छन् ।

पछिल्लो समयमा भएका घटनाहरूमध्ये यो आक्रमण सबैभन्दा ठूलो र दुःखदायी भएको बताइएको छ ।

सिरियाली सरकारको बलियो प्रभाव रहेको दक्षिणी प्रान्त स्वेदामा भएको यस विस्फोटबाट कैयौँ क्षेत्र प्रभावित भएको ‘द सिरियन अब्जरभेटरी अफ ह्युमन राइट्सले जनाएको छ । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !