२३ पुस २०८१, मंगलबार

विपक्षीको चुनावी सभामा बम विस्फोट


bom-blast

२ साउन, ढाका । बङ्गलदेशको राजशाही शहरमा विपक्षको एक चुनावी सभामा मंगलबार बम विस्फोट भएको छ ।

पूर्व प्रधानमन्त्री खालिदा जिया नेतृत्वको बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को चुनावी कार्यक्रम भइरहेको ठाउँमा बम विस्फोट गराइएको बताइएको छ ।

घटना भएको ठाउँ बङ्गलादेशको राजधानी ढाकाबाट करीब २५६ किलोमिटर टाढा रहेको छ । बङ्गलादेशको ठूलो विपक्षी पार्टी बीएनपीले आयोजना गरेको कार्यक्रममा बम विस्फोट भएको हो ।

यस विस्फोटमा परी तीन व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जानकारी दिएको समाचारमा जनाइएको छ ।

राजशाही महानगरीय प्रहरी अधिकारीले सिन्ह्वा समाचार समितिलाई नाम नबताउने शर्तमा बीएनपी चुनावी ¥यालीमा परिपक्क नभएका तीन वटा बम विस्फोट गराएको जानकारी दिएका छन् । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !