काठमाडौं । भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवारको बारामती भएको विमान दुर्घटनामा मृत्यु भएको छ । अस्पतालमा रहेका अजित पवारका नजिकका सहयोगी किरण गुजरले अजित पवारसहित ६ जनाको मृत्यु भएको बताएका छन् ।
६६ वर्षीय अजित जिल्ला परिषद्को चुनावअघि चारवटा सार्वजनिक सभालाई सम्बोधन गर्न आफ्नो गृहनगर आउनेक्रममा विमान आज बिहान बुधबार ८:४८ बजे धावनमार्ग ११ नजिकै दुर्घटना भएको हिन्दुस्तान टाइम्सले जानकारी दिएको छ । प्रारम्भिक जानकारी अनुसार बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । विमानमा अजित पवारका निजी सहायक, सुरक्षाकर्मी र उडान परिचारिकाको मृत्यु भएको हो ।
अहिलेसम्म प्राप्त जानकारी अनुसार, पवारले चार्टर्ड विमानबाट मुम्बईबाट बारामती यात्रा गरेका थिए। अवतरणको क्रममा विमान धावनमार्गबाट चिप्लिएको थियो। अजित पवार महाराष्ट्र पञ्चायत चुनावको लागि चार र्यालीहरूलाई सम्बोधन गर्न बारामती जाँदै थिए। शरद पवार र सुप्रिया सुले भने दिल्लीमा थिए।












