८ मंसिर २०८१, शनिबार

जन्ती बोकेको बस दुर्घटना हुदा १७ को मृत्यु


PAKISTAN-SINDH-ROAD ACCIDENT

३२ असार, इस्लामाबाद ।   पाकिस्तानको सिन्ध प्रान्तमा जन्ती बोकेको एक बस दुर्घटनामा पर्दा त्यसमा रहेका १७ जना को मृत्यु भएको छ ।

एक ट्रकले यात्रुवाहक बसलाई ठक्कर दिएपछि बस पल्टिएको थियो । सो दुर्घटनामा कम्तीमा १७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १३ जना घाइते भएका हुन् ।

सिन्धको एक स्थानीय सञ्चारमाध्यम उर्दुले दिएको जानकारीअनुसार यस घटनाको अनुसन्धान भइरहेका छ ।

यस दुर्घटनाको वरिष्ठ प्रहरी निरीक्षक जाहिद साहले पुष्टि गर्नु भएको छ । प्रहरी अधिकारीहरुले दुर्घटनाको कारण धेरै यात्रु हुनसक्ने अनुमान गरेका छन् ।

उक्त दुर्घटनामा महिला र बालबालिका पनि रहेका जनाइएको छ । बस पल्टिएर तल खसेपछि उद्वारको लागि पनि कठिन भएको बताइएको छ ।

पाकिस्तानमा सन् २०११ देखि गरिएको एक सर्वेक्षणमा प्रत्येक वर्ष हुने सडक दुर्घटनामा चार हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको बताइएको छ ।

पाकिस्तानको तथ्याङ्क विभागले हालै सो तथ्याङ्क प्रकाशनमा ल्याएको हो । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !