२३ पुस २०८१, मंगलबार

गाजामा युद्धविराम पालना


Gaza

३२ असार, गाजा सिटी ।   इजरायल र प्यालेस्टाइनको विवादास्पद सीमा क्षेत्र गाजामा हमास लडाकूहरुले आइतबार घोषणा गरेको युद्धविरामको पालना भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

शनिबार इजरायलका तर्फबाट भएको शक्तिशाली हमलामा परी हमासका केही सदस्य मारिएका थिए । त्यसपछि आइतबार युद्धविरामको घोषणा गरिएको हो ।

आइतबार घोषणा गरिएको युद्धविराम मध्यपूर्वका लागि संयुक्त राष्ट्रसंघीय शान्तिदूत निकोलाई एमलादेनोभको रोहबरमा गरिएको थियो । उहाँले हमासका तर्फबाट गरिएको सो युद्धविरामको अनुगमन गरिएको पनि जानकारी गराउनुभएको छ ।

उहाँले गराएको जानकारीअनुसार हमास समूहले युद्धविरामको पालना गरेका छन् । शनिबार राति सन् २०१४ को युद्धयताकै सबैभन्दा ठूलो हमला भएको बताइएको थियो ।

तर आइतबार अपरान्ह्पछि भने कुनै हमला नभएको समाचारमा जनाइएको छ । सो ठाउँमा गएरातिको दोहोरो आक्रमणका कारण निकै तनावपूर्ण अवस्था उत्पन्न भएको थियो ।

तर आइतबार अपरान्ह्पछि भने स्थिति शान्तिपूर्ण रहेको बताइएको छ । अनुगमनकर्ताहरुले युद्धविरामको पालना भएको बताएका छन् ।

गाजातर्फ पछिल्ला केही समयमा हिंसा मच्चिएको छ । हमासका विरुद्ध इजरायलका तर्फबाट पनि ठूला हमलाहरु हुने गरेका पछिल्ला समाचारहरुमा जनाइएको छ । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !