१९ असार २०८१, बुधबार

ओवामा केन्या भ्रमणमा


Obama

३२ असार, नैरोबी । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा निजी भ्रमणका लागि केन्या आइपुग्नु भएको छ ।

दुईदिने भ्रमणका लागि उहाँ आइतबार केन्याको राजधानी नैरोबी आइपुग्नु भएको अधिकारीहरुले जनाएका छन् । नैरोबी आएपछि ओबामाले आफ्नी बहिनी औमा ओबामालाई लिएर केन्याका राष्ट्रपति उहुरु केन्याटालाई भेट्न जानु भएको थियो ।

केन्यामा रहेका बेला अमेरिकी पूर्वराष्ट्रपति ओबामाले विपक्षी दलका नेता राइला ओडिङ्गालाई पनि भेट्नुहुने अपेक्षा गरिएको छ । केन्यामा आफ्नी बहिनीले स्थापना गरेको एउटा सामाजिक संस्थाको कार्यक्रमकालागि ओबामा केन्या आउनु भएको जनाइएको छ ।

उहाँको संस्थाले राष्ट्रपति ओबामा फाउण्डेसनले झै शैक्षिक र आर्थिक अवसर जुटाइदिन सहयोग पु¥याउने काम गर्ने समाचारमा उल्लेख छ ।(रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !