२९ माघ २०८२, बिहीबार

डीभी कार्यक्रम स्थगित गर्ने अमेरिकाको घोषणा


डीभी कार्यक्रम स्थगित गर्ने अमेरिकाको घोषणा

काठमाडौं । अमेरिकाले डाइभरसिटी भिसा (डीभी) कार्यक्रम स्थगित गरेको छ । अमेरिकाकी गृह सुरक्षामन्त्री क्रिस्टी नोएमले हिजो बिहीबार साँझ ट्रम्प प्रशासनले डीभी लट्री कार्यक्रम स्थगित गर्ने घोषणा गरेको बताएकी छन् ।

अमेरिकाको ब्राउन विश्वविद्यालयका दुई विद्यार्थी र एमआईटीका एक प्राध्यापकको हत्या गरेका आरोपित व्यक्ति आठ वर्षअघि डाइभरसिटी भिसामार्फत अमेरिका आएको तथ्य सार्वजनिक भएपछि यो कदम चालिएको बताइएको छ । प्रहरीले धेरै दिनदेखि खोजिरहेका ब्राउन विश्वविद्यालयमा गोली चलाउने ती व्यक्ति अहिले मृत अवस्थामा भेटिएका छन् ।

नोएमका अनुसार गोली हान्ने क्लाउडियो म्यानुएल नेभ्स भालेन्टे सन् २०१७ मा यही कार्यक्रममार्फत अमेरिका प्रवेश गरेका थिए । उनलाई ग्रीन कार्ड जारी गरिएको थियो । सन् १९९० को दशकमा सुरु भएको यो कार्यक्रममार्फत अमेरिकाले आप्रवासन दर कम भएका देशका नागरिकहरूलाई वार्षिक ५० हजार भिसा प्रदान गर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !