३ फाल्गुन २०८२, आइतबार

भारतसँगको समझदारी तेस्रो देशको विपक्षमा होइन : चिनियाँ विदेशमन्त्री


वाङ यी

काठमाडौं । चीनका विदेशमन्त्री वाङ यीले भारत र चीनबीचको पछिल्लो समझदारी कुनै तेस्रो देशको विपक्षमा नभएको र यसले अन्य देशलाई असर नपर्ने प्रष्ट पारेका छन् ।

पाकिस्तान भ्रमणमा रहेका वाङ यीले बिहीबार इस्लामावादमा पाकिस्तानका परराष्ट्रमन्त्री तथा उपप्रधानमन्त्री इसहाक दारसँग संयुक्त पत्रकार सम्मेलनमा दुई देशको सम्बन्धले अन्य कुनै मुलुकलाई असर नगर्ने जिकिर गरे ।

अमेरिकासँग भारत र चीनको व्यापार तनाव चलिरहेको र नेपालको भूमि लिपुलेकबारे गरिएको समझदारीको विरोध भइरहेका बेला चीनका विदेशमन्त्रीले तेस्रो देशप्रति लक्षित नरहेको स्पष्ट पारेका हुन् ।

वाङ यी मंगलबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर अफगानिस्तान हुँदै पाकिस्तान पुगेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !