काठमाडौं । अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको छ ।
अमेरिकाको एक संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको पक्षमा निर्णय गरेपछि टीपीएस सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको हो । अदालतको निर्णयसंगै नेपाल र मध्य अमेरिकाबाट आएका ६० हजार आप्रवासीको टीपीएस) समाप्त गर्ने विषयमा ठूलो राहत दिएको छ ।
अमेरिकाको सान फ्रान्सिस्कोस्थित नवौँ सर्किट अपिल अदालतले आप्रवासीलाई घर पठाउन बाटो खोलिदिएको हो । यो कार्यमा यसअघि तल्लो अदालतले रोक लगाएको थियो । तल्लो अदालतले यी आप्रवासीलाई टीपीएस जारी राख्ने आदेश दिएको थियो ।
लगभग सात हजार नेपालीहरूको टीपीएस यही अगस्ट ५ मा सकिएको थियो । यससँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै आएका करिब ७ हजार नेपाली स्वदेश फर्किनैपर्ने भएको हो ।
यस्तै, होन्डुरसका ५२ हजार र निकारागुआका चार हजार आप्रवासीको यो स्थिति आउँदो सेप्टेम्बर ८ मा सकिँदै छ ।












