३ जेष्ठ २०८१, बिहिबार

इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै क्रोएसिया पहिलो पटक फाइनलमा प्रवेस


krosia

२८ असार, काठमाडौं । विश्वकप फुटबलमा बुधबार राती सम्पन्न खेलमा इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनलमा प्रवेस गरेको छ ।

यसअघि सन् १९९८ मा फ्रान्समा सम्पन्न विश्वकपमा पहिलो पटक स्वतन्त्र राष्ट्रका रूपमा सहभागिता जनाएको क्रोएसिया आयोजकसँग सेमिफाइनलमा २–१ ले निराश बनेको थियो ।

क्रोएसियालाई महत्वपुर्ण जित दिलाउने क्रममा खेलको अतिरिक्त समयमा मारीयो मान्ड्जुकिचको गोल निर्णाएक बन्न पुग्यो । मान्डजुकिचले १०९ मिनेटमा इभान पेरिसिचको पासमा ६ यार्ड बक्सभित्रबाट प्रहार गरेको बलले गोलपोष्टको जाली चुम्न पुग्दा क्रोएसिया पहिलो पटक उपाधि नजिक पुगेको हो ।

पहिलो हाफको शुरुवातमै इंग्ल्याण्डले खेलमा अग्रता बनाएपनि अग्रता जोगाउन नसक्दा ५२ वर्षपछि विश्वकपको उपाधि जित्ने इंग्ल्याण्डको सपना चकनाचुर भयो । पहिलो हाफको ५ औं मिनेटमा इंग्ल्याण्डका कायरन ट्रिपियरले २० यार्ड टाढाबाट फ्रि किक मार्फत प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।

पहिलो हाफको सुरुवाततर्फनै इंग्ल्याण्डले अग्रता बनाएपछि दबाबमा आएको क्रोएसियाकालागि पेरिसिचले १९ औं मिनेटमा गरेको कडा प्रहार गोलपोष्ट नजिकैबाट वाहिरिन पुगेको थियो । दबाबमा रहेको क्रोएसियाले पहिलो हाफमा बराबरी गोल गर्ने खासै अवसरहरु सिर्जन गर्न नसक्दा इंग्ल्याण्डले भने अग्रता दोब्बर पार्ने केहि अवसर प्राप्त गरेको थियो ।

इंग्ल्याण्डलाई हराउँदै फाइनल प्रवेस गरेको क्रोएसियाले उपाधीकालागि आइतबार नेपाली समयअनुसार पौने ९ बजे मस्को स्थित लुज्निकी रङ्गशालामा फ्रान्ससँग प्रतिष्पर्धा गर्नेछ । त्यसअघि तेश्रो स्थानकालागि शनिबार हुने खेलमा इंग्ल्याण्ड र बेल्जियम भिड्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !