२ फाल्गुन २०८२, शनिबार

भारतको उत्तराखण्डमा भीषण बाढी : चार जनाको मृत्यु, ५० बेपत्ता


भारतको उत्तराखण्डमा भीषण बाढी : चार जनाको मृत्यु, ५० बेपत्ता

काठमाडौं । भारतको उत्तराखण्डमा भीषण बाढी जाँदा कम्ती ४ जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता भएका छन् । भारतको उत्तराखण्ड अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा आरीघोप्टे वर्षापछि आएको भीषण बाढी आएको हो ।

उत्तरकाशीका डीएम प्रशान्त आर्यका अनुसार लेदोसहितको भीषण बाढीले भौतिक संरचनाहरूमा समेत क्षति गरेको छ । बाढीमा दर्जनौँ मानिस फसेको आशंका गरिएको छ ।

उद्धारका लागि उत्तरकाशी जिल्लाको धराली गाउँमा सेनाका कर्मचारीसहित उद्धार टोली पुगेको छ । बाढीका कारण सडक, भवन डुबानमा परेका छन् । पर्यटकीय क्षेत्रका रूपमा परिचित होटल, रिसोर्ट र रेस्टुरेन्ट पनि डुबानमा परेका छन् ।

आज मंगलबार दिउँसो साढे १ बजे एक्कासि बाढी आएको हो । बाढी जनजीवन अस्तव्यस्त बनेको छ भने सञ्चार सम्पर्क टुटेको छ । बाढीबाट प्राचीन कल्पकेदार मन्दिर पनि पुरिएको छ ।

बाढीग्रस्त क्षेत्रमा प्रहरी, एसडीआरएफ, एनडीआरएफ, सेना र अन्य उद्धारका टोलीहरू परिचालन भइसकेका छन् । भारतीय सेनाले अहिलेसम्म कम्तीमा १५ जनाको उद्धार समेत गरिसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !