२२ पुस २०८१, सोमबार

टर्कीमा रेल दुर्घटना, २४ को मृत्यु, सयौँ घाइते


TURKEY-TEKIRDAG-TRAIN-DERAILMENT

२५ असार, इस्तानबुल । उत्तरपश्चिमी टर्कीमा आइतबार बिहान एक यात्रुवाहक रेल दुर्घटना हुदा कम्तीमा २४ व्यक्तिको मृत्यु भएको समाचार छ ।

यात्रुवाहक रेलका डिब्बाहरु पटरीबाट छुट्टिएपछि भएको यस दुर्घटनामा अन्य रेलमा रहेका सयौँ यात्रु घाइते भएका छन् । भारी वर्षाको कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

सो रेलमा ३६० भन्दा बढी यात्रु सवार रहेका बताइएको छ । सो रेल आइतबार इस्तानबुलको हालकाली स्टेसनबाट ग्रीस र बुल्ग्रेरीयाको सीमा नजिकको एदिरर्ने क्ष्ोत्रमा यात्रा गरिरहेको अवस्थामा दुर्घटनाग्रस्त भएको थियो ।

प्रारम्भिक समाचारमा यस दुर्घटनामा परी १० को मृत्यु भएको बताइएको थियो भने पछि सो सङ्ख्या बढेर २४ पुगेको उपप्रधानमन्त्री रेसेप आक्दाङ्ले पुष्टि गर्नुभएको छ ।

टर्कीका सञ्चारमाध्यमले यहाँका स्वास्थ्यमन्त्री अहमत देमिक्र्यानलाई उद्धृत गर्दै यस दुर्घटनामा घाइते भएका ३३८ व्यक्तिलाई उपचारको लागि अस्पताल भर्ना गरिएको बताएका छन् ।

भारी वर्षाको कारण चिप्लिएर रेलका डिब्बाहरु पटरीबाट बाहिर खस्न पुगेकोले यो दुर्घटना भएको यातायात मन्त्रालयले जानकारी दिएको छ । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !