१२ पुस २०८१, शुक्रबार

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन


मनमोहन सिंह

नयाँदिल्ली । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ । भारतीय राष्ट्रिय कंग्रेसका नेता समेत रहेका सिंहको आज बिहीबार राति ९ बजेर ५१ मिनेट जाँदा ९२ वर्षको उमेरमा निधन भएको हो ।

नयाँ दिल्लीको अल इन्डिया मेडिकल इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा उपचारका क्रममा सिंहको निधन भएको हो । बिहीबार अचानक स्वास्थ्य बिग्रिएपछि सिंहलाई अस्पतालमा भर्ना गरिएको थियो ।

एम्स अस्पतालले सिंहको निधन भएको पुष्टि गर्दै विज्ञप्ति जारी गरेको छ । कांग्रेस आई नेतृ सोनिया गान्त्री, प्रियंका गान्धी लगायत एम्स अस्पताल पुगेका छन् । अन्य नेता कार्यकर्ताहरुको पनि भीड लागेको छ ।

सिंह ३३ वर्ष सांसद रहेर यसैपालि राज्यसभाबाट बिदा भएका थिए । सिंह पिवि नरसिंह राव प्रधानमन्त्री हुँदा अर्थमन्त्री थिए । सिंह भारतीय रिजर्भ बैंकका गभर्नरसमेत भएका थिए ।

सिंह सन् २००४ देखि २०१४ सम्म भारतका प्रधानमन्त्री रहे । सिंहले प्रधानमन्त्रीको कार्यकालमा नेपाल भ्रमण भने गरेनन् । विश्वप्रसिद्ध विश्वविद्यालयहरु क्याम्ब्रिज र अक्सफोर्डमा अध्ययन गरेका सिंह भारतमा आर्थिक सुुधारका नायकका रुपमा चिनिन्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !