३१ भाद्र २०८१, सोमबार

मुहम्मद युनुस बङ्गलादेशको अन्तरिम सरकारका प्रमुखमा नियुक्त


मुहम्मद युनुस

एजेन्सी । मुहम्मद युनुस बङ्गलादेशको अन्तरिम सरकारका प्रमुखमा नियुक्त भएका छन् । नोबेल पुरस्कार बिजेता युनुसले मंगलबार मात्रै अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएपछि उनी नियुक्त भएका हुन् ।

राष्ट्रपति मोहम्मद शहाबुद्दीनको अध्यक्षतमा बसेको बैठकले युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेको हो । प्रदर्शनकारी विद्यार्थीहरूले युनुसलाई अन्तरिम सरकारका प्रमुखका लागि प्रस्ताव गरेका थिए ।

नोबेल पुरस्कार विजेता युनुसले अबको ३ महिनाभित्र निर्वाचन गराउने छन् । युनुस गरिबी विरुद्ध लडेका कारण विश्वप्रसिद्ध नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !