३१ भाद्र २०८१, सोमबार

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर छाडिन् देश


शेख हसिना

ढाका । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छन् । बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किएपछि प्रधानमन्त्री हसिनाले राजीनामा दिएर देश छोडेकी हुन् ।

देशमा हिंसात्मक प्रदर्शनपछि बंगलादेशकी प्रधानमन्त्री हसिनाले राजीनामा दिएर देश छोडेकी हुन् । बीबीसीका अनुसार बंगलादेशको प्रधानमन्त्री निवासमा प्रदर्शनकारी प्रवेश गरेर तोडफोड समेत गरेका छन् ।

उनको राजीनामाको माग गर्दै विद्यार्थीहरुले आइतबारबाट सुरु गरेको आन्दोलनका क्रममा एकैदिन करिब १०० जनाको मृत्यु भएको थियो । यसैबीच प्रधानसेनापति वकार उज–जमानले देशका नाममा आज दिउँसो ३ बजे सम्बोधन गरे अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !