७ पुस २०८१, आइतबार

लोकसभा चुनावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विजयी


नरेन्द्र मोदी

काठमाडौं । भारतमा भएको लोकसभा चुनाव-२०२४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विजयी भएका छन् । उत्तर प्रदेशको वाराणसीबाट चुनाव लडेका प्रधानमन्त्री मोदी विजयी भएका हुन् ।

मोदीले ६ लाख १२ हजार ९७० मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार अजय रायले ४ लाख ६० हजार ४५७ मत पाए । मोदीले रायलाई १ लाख ५२ हजार ५१३ मतान्तरले पराजित गरेका हुन् ।

उनी मंगलबार अहिलेसम्मकै कम मतान्तरसहित तेस्रोपटक लोकसभाका लागि विजयी भएका हुन् । अघिल्ला दुई निर्वाचनको तुलनामा यसपटक उनको मतान्तर कम देखिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !