९ असार २०८१, आइतबार

पूर्वी अफगानिस्तानमा सेनाको कारबाहीमा नौ सर्वसाधारण मारिए


Afgansthan

१५ जेठ, अफगानिस्तान  ।  अफगानिस्तानको पूर्वीप्रान्त नान्गहारमा अफगान सुरक्षा बलले तालिाबान आतङ्ककारीविरुद्ध गरेको कारबाहीको क्रममा कम्तीमा नौ सर्वसाधारण मारिएको आशङ्का गरिएको छ ।

गएराति भएको यस कारबाहीमा कम्तीका नौ जना सर्वसाधारण मारिनुको साथै अन्य आठ घाइते भएका आशङ्का गरिएको अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।

उक्त प्रान्तको चापाहार जिल्लाको चिनो केली गाउँमा गएराति अफगान विशेषबलले आतङ्ककारी लक्षित कारबाही चलाएको जनाएको थियो ।

तर सो सुरक्षा कारबाहीमा सर्वसाधारको ज्यान गएपछि त्यसको अनुसन्धान सुरु गरिएको बताइएको छ ।

कारबाहीको क्रममा सुरक्षाबल र आतङ्ककारीबीच भएको दोरोहो गोली हानाहानमा ती सर्वसाधारण हताहत भएका आशङ्का गरिएको हो ।

प्रान्तीय सुरक्षा अधिकारीले नाम नबताउने शर्तमा यस हताहतको जानकारी दिएका पनि अर्काे एक समाचरमा जनाइएको छ ।

सन् २०१७ मा तालिबान आतङ्ककारी समूहले जारी राखेका द्वन्द्व र हिंसाको क्रममा तीन हजार ४३० सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य सात हजार घाइते भएका संयुक्त राष्ट्रसंघीय मिसनले हालै मात्र जारी प्रतिवेदनमा जानकारी दिएको थियो ।(रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !