१२ आश्विन २०८१, शनिबार

क्युवा विमान दुर्घटनामा यात्रारत सबैको मृत्यु भएको क्युवाद्वारा जानकारी


Cuba Plane Crash

७ जेठ, क्युवा । क्युवामा शुक्रबार राति भएको विमान दुर्घटनामा घाइते भएका तीन जनाको समेत उपचारका क्रममा निधन भएको क्युवाले जनाएको छ । यसअघि आइतबार दिइएको जानकारीमा १०७ जना हवाई यात्रुको मृत्यु भएको र तीन जना गम्भीर अवस्थामा उपचाररत रहेको जनाइएको थियो ।

क्युवाका यातायात मन्त्री अब्देल येजक्वीर्दोले घाइते तीन महिलाको पनि निधन भएको जानकारी गराउँदै भन्नुभयो, हामीले कसैलाई पनि बचाउन सकेनौँ । विमानमा सवार ११० जनामध्ये ९९ जना क्युवाली नागरिक, ६ जना मेक्सिकोका चालक दलका सदस्यसहित अन्य ११ जना विदेशी रहेको पुष्टि भएको छ ।

आइतबार अपरान्ह्सम्म १५ मृतकको शनाखत भएको छ भने बाँकी अन्य मृत शरिरको शनाखत हुनसकेको छैन ।

क्युवाको राष्ट्रिय ध्वजाबहाक कम्पनी ‘क्युवना दे एभियसन’ ले मेक्सिकोको हवाई कम्पनी ग्लोबल एअरसँग भाडामा लिई चलाउँदै आएको करिब ४० वर्ष पूरानो बोइङ ७३७ मा यात्रारत चालकदलका सदस्यसहित ११० जना यात्रारत विमान दुर्घटना हुँदा विमानका १०७ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने तीन जना महिलालाई सख्त घाइते अवस्थामा विमानबाट उद्धार गरिएको थियो ।

हवानास्थित जोस मार्टी विमानस्थलबाट आन्तरिक उडानमा पूर्वी होलगुइका लागि उडेको केही समयमा दुर्घटनाग्रस्त भएको विमानमा दुई अजेन्टिनी नागरिकसहित पाँचजना विदेशी थिए भने अन्य प्राय सवै क्युवाली नागरिक रहेका थिए । विमान चालक दलका छ जना सदस्य भने मेक्सिकोका नागरिक भएको बताइएको थियो ।

क्युवामा शनिबार बिहानैदेखि आइतबार मध्यरातसम्म मृतकको सम्झनामा शोक मनाउने घोषणा भएको छ ।

राष्ट्रपति केनल दुर्घटनापछि उद्धार भइरहँदा दुर्घटनास्थलमा पुगेर उद्धार कार्यको प्रत्यक्ष निरीक्षण गनुभएको स्थानीय सञ्चारमाध्यमले देखाएका थिए । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !