७ बैशाख २०८१, शुक्रबार

चिनियाँ पूर्वराष्ट्रपति चियाङ चेमिनको निधन


चियाङ चेमिन

बेइजिङ । चीनका पूर्वराष्ट्रपति चियाङ चेमिनको निधन भएको छ । रक्तकोषिका र श्वेतरक्तकोषिकामा भएको अकल्पनीय उतारचढाव तथा बहुअङ्ग समस्याका कारण साङ्घाईमा आज मध्याह्न उनको निधन भएको हो ।

नेता चियाङ ९६ वर्षका थिए । केहीबेर अघि चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को केन्द्रीय समितिले उनको निधनको घोषणा गरेको हो ।

पूर्वराष्ट्रपति चियाङले सन् १९८९ देखि २००२ सम्म सिपिसीको महासचिव, सोही वर्षदेखि सन् २००४ सम्म केन्द्रीय सैन्य आयोगको अध्यक्ष तथा सन् १९९३ देखि २००३ सम्म राष्ट्रपतिका रुपमा चीनको नेतृत्व गरेका थिए ।

उमेर र शारीरिक अस्वस्थताका कारण नेता चियाङ बितेका तीन वर्षयता सार्वजनिकस्थलमा देखिएका थिएनन् । तीन वर्षअघि उनी तत्कालीन प्रधानमन्त्री ली फङको अन्त्येष्टिमा सहभागी भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !