११ श्रावण २०८१, शुक्रबार

टर्कीमा आगलागी हुँदा ९ जना सिरियालीको मृत्यु


टर्कीमा आगलागी

इस्तानबुल । टर्कीको उत्तरपश्चिमी शहर बुर्सामा मङ्गलबार राति भएको आगलागीमा परी आठ बालबालिकासहित कम्तीमा नौ जनाको मृत्यु भएको छ ।
आगलागीमा परी आठ बालबालिकासहित कम्तीमा ९ जनाको मृत्यु भएको इस्तानबुलका गभर्नरले बुधबार पुष्टि गरेका छन् ।

मध्यरातमा आगलागी शुरू भएपछि तत्काल अग्निनियन्त्रकलाई बोलाइएको तर आगो निभाउँदासम्म सिरियाबाट टर्कीमा शरण लिँदै आएका एकै परिवारका नौ जनाको मृत्यु भएको अधिकारीले बताएका छन् ।

मृतक सबैलाई राति सुतेको समय निद्रामा नै आगोले जलेको अवस्थामा भेटिएको थियो । प्रान्तीय अधिकारीहरूका अनुसार मृतकहरूमा छ जना भाइबहिनी, उनीहरूकी आमा र दुई जना काका–काकी थिए ।

ती सबै बालबालिका ११ वर्षमुनिका रहेको बताइएको छ । प्रारम्भिक रिपोर्टअनुसार परिवार सुतिरहेको बेला न्यानोका लागि बालिएको स्टोभ हिटरले नजिकैको सामान सल्किँदा आगलागी भएको थियो ।

घटनाबारे अनुसन्धान शूरू गरिएको र विस्तृत विवरण रिपोर्ट आउँदासाथ तत्काल सार्वजनिक गरिने गभर्नरको कार्यालयले जनाएको छ । सिरियामा लामो समयदेखि जारी गृहयुद्धबाट भागेका करिब ४० लाख सिरियाली शरणार्थी टर्कीमा आश्रय लिँदै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !