१४ असार २०८१, शुक्रबार

फिलिपिन्समा शक्तिशाली भूकम्प


earthquake

फिलिपिन्समा शक्तिशाली भूकम्प
एजेेेन्सी, २२ वैशाख । फिलिपिन्समा शनिबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको छ । अमेरिकाको भौगर्भिक सर्वेक्षण संस्थाले उक्त जानकारी दिएको छ ।

स्थानीय समयानुसार २ः१९ बजे शनिबार अपराह्नमा आएको यस भूकम्प ५.९ म्याग्नीच्युडको मात्र भएको फिलिपिन्सका अधिकारीले जानकारी दिएका छन् ।
यस भूकम्पमा हालसम्म मानवीय र सम्पत्तिको क्षतिको कुनै विवरण प्राप्त नभएको र यस विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।

भूकम्पको केन्द्र विन्दु राजधानी मनिलाबाट ३१० किलोमिटर पूर्वमा रहेको स्थानको आपपास नै १७.९ किलोमिटर गहिराइमा रहेको जनाइएको छ । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !