१० असार २०८१, सोमबार

ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको संख्या १०७ पुग्यो


ब्राजिलमा भारी वर्षा

रियो दि जेनेरियो, ब्राजिल । ब्राजिलको उत्तरपूर्वी पर्नाम्बुको राज्यमा गत सातादेखि परेको भीषण वर्षाका कारण मृत्यु हुनेको संख्या बुधबार बढेर १०७ पुगेको छ भने ११ जना अझै बेपत्ता रहेको राज्य सरकारले जनाएको छ ।

कम्तिमा ६,६५० व्यक्तिहरू वर्षाबाट विस्थापित भएका छन् । त्यसैगरी ठूलो बाढी र पहिराले दर्जनौं घरहरूलाई भासिएका छन् । उक्त राज्यको राजधानी रेसिफे र यसको महानगरका क्षेत्रमा धेरैको जनाको मृत्यु भएको छ ।

पेर्नाम्बुकोको इतिहासमा प्राकृतिक विपत्तिबाट यति धेरैको संख्यामा भएको मृत्यु दोस्रो घटना हो । यस अघि दोस्रो सन् १९६६ को मे महिनामा यस्तै विपत्तिमा १७५ जनाले ज्यान गुमाएका थिए ।

अग्निनियन्त्रक र ब्राजिलियन सेनाले तालिम प्राप्त उद्धार कुकुरहरूको सहयोगमा बेपत्ता भएकाहरूको शव खोजी कार्य तीव्र बनाएको छ । पर्नाम्बुका २४ नगरपालिकाहरूले आपतकालीन अवस्था घोषणा गरेका छन् भने संघीय सरकारले प्रभावित क्षेत्रहरूको पुनर्निर्माणका निम्ति लगभग २०० मिलियन अमेरिकी डलर छुट्याउने घोषणा गरेको छ ।

भारी वर्षा जारी रहेकाले मङ्गलबार पनि उद्धार कार्य स्थगित गर्नुपरेको । साथै कारण यस क्षेत्रमा नयाँ पहिरो र बाढी आउन सक्ने चेतावनी दिइएको थियो।
ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले सोमबार सरकारले प्रभावित क्षेत्रहरूको पुनर्निर्माणका लागि १ अर्ब रियल (लगभग २१ करोड अमेरिकी डलर) विनियोजन गर्ने घोषणा गरेका छन् ।

वर्षाले सर्जिपे, पाराइबा, रियो ग्रान्डे डो नोर्टे र अलागोआस राज्यहरूमा पनि क्षति पुर्या एको छ जहाँ तीन जनाको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !