११ पुस २०८१, बिहीबार

गलत पोष्ट फेसबुकले अब आफैं हटाइदिने 


Facebook

एजेन्सी, १८ वैशाख । फेसबुकमा पोस्ट हुने कस्तो प्रकारको सामग्रीलाई स्थायी रुपमा हटाइनेछ भन्नेबारे कम्पनीले नयाँ जानकारी सार्वजनिक गरेको सीएनएनले बताएको छ । पछिल्ला दिनहरुमा लगातार आलोचना सहेपछि कम्पनीले फेसबुकको नीति खुलस्त पार्ने उद्देश्यले यस नयाँ प्रक्रियाबारे विस्तृत जानकारी दिएको हो ।

कस्ता सामग्री फेसबुकमा स्वीकार्य हुने र कस्तो नहुने भन्नेबारे कम्पनीले जानकारी गराएको हो ।

घृणात्मक सन्देश फैलाउने खालको पोस्ट, नग्नता प्रस्तुत गर्ने, बन्दुक र आतङ्कवाद् सम्बन्धी पोस्ट र धम्कीपूर्ण सन्देश दिने जस्ता पोस्टहरुलाई फेसबुकले अस्वीकार्य मान्ने बताएको छ ।

हिंसा, यौनजन्य सामग्री र घृणा फैलाउने पोस्टलाई हटाउँदा फेसबुकले सो सामग्रीसँग सम्बन्धित प्रयोगकर्तालाई पनि सूचित गराउने र चेतावनी पनि दिइने बताएको छ ।  त्यसैगरी यस्ता पोस्टबारे खबर गर्ने प्रयोगकर्तालाई पनि पोस्ट हटाइसकेको वा नहटाइएको सम्बन्धि जानकारी दिइने कम्पनीले बताएको छ ।

हरेक हप्ता फेसबुकले करोडौँ मानिसहरुबाट त्यस्ता अनुचित सामग्रीको रिपोर्ट पाउने गरेको छ । अहिले भने फेसबुकले त्यस्ता सामग्रीमा अटोमेटिक झण्डाको चिन्ह लगाइदिने गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !