एजेन्सी, १६ वैशाख । जर्मन बुन्डेस लिगा फुटबलमा च्याम्पियन बनिसकेको वायर्न म्युनिखले शनिबार राति सहज जित हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा वायर्नले फ्रान्कफर्टलाई ४ – १ ले हराएको हो ।
दोस्रो रोजाईका खेलाडी मैदान उतारेको वायर्नको लागि निकलास डोर्स्च, सान्ड्रो वाग्नेर,राफिन्हा र निकलास सुएलले समान एक एक गोल गरे । फ्रान्कफर्टका सेबास्टियन हाल्लेरले एक गोल फर्काए । सहज जित निकाल्न वायर्नले पहिलो हाफ दुई गोल गर्दा दोस्रो हाफमा तीन गोल गरेको थियो । वायर्नले दोस्रो हाफमा एक गोल खाएको थियो ।
यो जितसँगै शीर्ष स्थानको वायर्नले ३२ खेलबाट ८१ अंक जोडेको छ । वायर्नले दुई साता अघि पाँच खेल अगावै लिगको उपाधि जितिसकेको छ । वायर्न दोस्रो स्थानको शाल्के २४ अंकले पछि छ । शाल्केको ५७ अंक छ । पराजित फ्रान्कफर्ट ४६ अंक जोडेर लिगको सातौं स्थानमा छ ।