६ जेष्ठ २०८१, आइतबार

दुई कोरिया बीचको पहिलो चरणको वार्ता सम्पन्न


Meet Kim and mun

एजेन्सी, १४ वैशाख । सन् १९५३ पछि पहिलो पटक उत्तर कोरियाका नेता किम जोन उन दक्षिण कोरिया पुगेका छन् ।

सन् १९५३ मा भएको कोरिया युद्धपछि दुई देशको सीमामा शुक्रबार किम जोन र दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनबीच भेटवार्ता भएको हो । दक्षिण कोरियाको यो भ्रमण किम परिवारकै पहिलो भ्रमण हो । सन् १९५३ पछि दुई देशबीच बढ्दै गएको तनावले दुई देशको सम्बन्ध निकै कटुतापूर्ण बनेको थियो । तर गएको २ महिनादेखि सुध्रिँदै आएको यी दुई देशको सम्बन्ध अप्रत्यासित रुपमा अघि बढ्न सफल भएको छ ।

शुक्रबार बिहान उत्तर कोरियाको पामुन्जोम क्षेत्रको प्रशासनिक भवनबाट किम जोन उन उत्तर र दक्षिण कोरियाको सीमा रेखातिर लम्केका थिए । त्यहाँ उनलाई दक्षिण कोरियाका नेता मुन जेइ इन कुरिरहेका थिए । किम हँसिलो चेहरामा मुन नजिकै आएर हात मिलाएका थिए । त्यसपछि दुवै नेताले फोटो खिचाएका थिए ।

Kim n Mun

किले भेटमा मुनसँग दुई कोरियाको आपसी सम्बन्धमा खुलेर कुरा गर्ने जनाएका छन् । किमले जोक गर्दै मुनसँग उत्तर कोरियाले गएको वर्ष गरेको मिसाइन परीक्षणको कुरा गर्दै मिसाइल कार्यक्रम बन्द गर्ने जनाएका थिए । किमले दक्षिण कोरियाको आइसल्याण्डमा सन् २०१० मा भएको आक्रमणको कुरा गरेका थिए जहाँ चार जनाको ज्यान गएको थियो ।

किमले भेटमा योङप्योङ आइसल्याण्डका नागरिक उत्तर कोरियाको आक्रमणबाट त्रसित भएको जनाएका थिए । उनले सन् १९५० देखि १९५३ को युद्धपछि छुट्टीएका परिवारले दुई देशबीचको सम्बन्ध सुधार चाहेको बताएका थिए । किमले भेटमा दक्षिण कोरियाको राजधानी सोलमा रहेको राष्ट्रपतिको कार्यालय ब्यू हाउस जान इच्छुक रहेको बताएका थिए ।

स्थानीय दिउँसोको समयमा उन र मुनबीचको सीमानको ट्रस गाउँमा भएको पहिलो चरणको भेटघाट सकिएको थियो । त्यसपछि उत्तर कोरियाका नेता किम जोङ उन र उत्तर कोरियाका प्रतिनिधिले उत्तर कोरियाको पामुन्जोममा लन्च लिएको जनाइएको छ ।

लन्चपछि दुवै देशका नेताहरुबीच आणविक कार्यको विषयमा दक्षिण कोरियापट्टीको गाउँमा पुनः छलफल हुने बताइएको छ । दुवै देशका नेताले दोस्रो चरणको भेटमा आणविक गतिविधिलाई अन्य गर्न गम्भीर छलफल गर्ने जनाइएको छ ।

ह्वाइट हाउसले दुई नेताको भेटपछि शान्ति स्थापनका लागि थुलो उपलब्धि भएको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु