एजेन्सी, १४ वैशाख । उत्तर कोरियाका नेता किम जोन उन सन् १९५३ पछि पहिलो पटक दक्षिण कोरिया पुग्ने पहिलो राष्ट्रपति बनेका छन् ।
सन् १९५३ मा भएको युद्धपछि दुई देशको सीमामा शुक्रबार किम जोन र दक्षिण कोरियाका राष्ट्रपति मून जेइ इनबीच भेटवार्ता भएको हो । सन् १९५३ पछि दुई देशबीच बढ्दै गएको तनाव यो भेटपछि सुध्रिने विश्वास लिइएको छ ।
दुई कोरियाका नेताबीच स्थानीय समयअनुसार ९ बजे गैरसैनिक क्षेत्रमा भेटघाट हुने समय तालिका मिलाइएको थियो । भेटमा उत्तर कोरियाको परमाणु कार्यक्रम रोक्ने विषयमा छलफल हुने जनाइएको छ ।
दुवै कोरियाका नेताले कोरियाकै परम्परा अनुसार भेटघाट गरेका छन् । दक्षिण कोरियाका नेता किमसँगको भेटपछि उत्तर कोरियाका नेता मुनले किमलाई भेट्न पाएकोमा आफू खुशी भएको बताएका छन् ।
शुक्रबार बिहान उत्तर कोरियाको पामुन्जोम क्षेत्रको प्रशासनिक भवनबाट किम जोन उन उत्तर र दक्षिण कोरियाको सीमा रेखातिर लम्केका थिए जहाँ उनलाई दक्षिण कोरियाका नेता मून जेइ इन कुरिरहेका देखिन्थे ।
किमले हँसिलो चेहरामा मून नजिकै आएर हात मिलाएका थिए । त्यसपछि दुवै नेताले फोटो खिचाएका थिए । त्यसपछि दुवै कोरियाका नेताले उत्तर कोरियाको भू–भागमा टेकेका थिए र हात समाएरै फेरि दक्षिण कोरियाकै भू–भागमा फर्किएका थिए ।
दुवै नेता रातो कार्पेटबाट दक्षिण कोरियाकाे सैनिक सम्मानमा सहभागी भएका थिए । त्यसपछि दुवै नेता वार्ताका लागि पिस हाउस प्रवेश गरेका थिए ।