८ पुस २०८१, सोमबार

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई प्रहरीले जरिवाना तिराउने


बोरिस जोनसोन

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई प्रहरीले कारबाही गर्ने भएको छ । लकडाउनका बेलामा नियम उलङ्घन गरेर भोजमा सहभागी भएकोले उनलाई कारबाही हुने भएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।

घटना केही समय अगाडि नै भएको भएपनि प्रहरीले मङ्गलबार मात्रै उनी दोषी भएकोले कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको हो । प्रहरीले प्रधानमन्त्री बोरिससँगै एक कुलपति ऋषि सुनाकलाई पनि कारबाही हुने निष्कर्ष निकालिएको जनाएको छ ।

“जोनसन र सुनाकलाई आज कारबाही सम्बन्धी सूचना पठाइएको छ, उहाँलाई जरिवाना गर्ने बारेको सूचना महानगरको प्रहरीले पठाएको हो,” एक सरकारी अधिकारीले मङ्गलबार भने ।

देशभरी कोरोना भाइरसको महामारी फैलिएकाले लकडाउन लागु भएको बेला सन् २०२० को मे २० मा उनले नियम उलङ्घन गरेको प्रहरीको भनाई छ । प्रहरीले जरिवाना तिराउनु पर्ने गल्ती गरेका प्रधानमन्त्रीले तत्काल राजीनामा दिनु पर्ने बेलायतका विपक्षी दलका नेताहरूको भनाई छ ।

प्रमुख विपक्षी दल लेबर पार्टीका नेता केइर स्टारमरले नैतिकताका आधारमा प्रधानमन्त्री जोनसनले राजीनामा दिनु पर्ने उल्लेख गरेका छन् । प्रधानमन्त्री जोनसनले पटक पटक नियम उलङ्घन गरेको उनको आरोप छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !