११ पुस २०८१, बिहीबार

आईपीएल : दिल्ली आफ्नै मैदानमा पन्जाबसँग पराजित


IPL

एजेन्सी, ११ वैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली डेयरडेभिल्स किंग्स इलाभेन पञ्जाबसँग पनि पराजित भयो । दिल्ली आफ्नै मैदानमा पन्जाबसँग ४ रनले पराजित हुन पुग्यो ।

फिरोज शाह कोटला मैदानमा टस हारेर व्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो । पञ्जावका लागि करण नायरले सर्वाधिक ३४ रन बनाए । यस्तै डेभिड मिलरले २६, लोकेस राहुलले २३, मायंक अग्रवालले २१ र युवराज सिंहले १४ रन जोडे ।

बलिङतर्फ दिल्लीका लियाम प्लंकेटले सर्वाधिक ३ विकेट लिए । अवेश खान र ट्रेन्ट बोल्टले २–२ विकेट लिए ।

१४४ रनको सस्तो लक्ष्य पछ्याएको दिल्ली ८ विकेट गुमाउँदा १३९ रनमा समेटियो ।

दिल्लीका लागि श्रेयस ऐयरले सर्वाधिक ५७ रन बनाएका थिए । राहुल टेवाटियाले २४, पृथ्वी शाले २२ र ग्लेन म्याक्सवेलले १२ रन बनाएका थिए ।

बलिङतर्फ पन्जाबका अंकित राजपुत, एन्ड्र्यू टाई र मुजिब उर रहमानले २–२ विकेट लिए ।

दिल्लीमाथि जित हात पारेको पन्जाब १० अंकसहित आईपीएलको शीर्ष स्थानमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !